Logo

सरकारी भाषणमा स्वदेशमै रोजगारी, कामदार भौतारिँदै विदेशमा

सरकारी भाषणमा स्वदेशमै रोजगारी, कामदार भौतारिँदै विदेशमा



काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट मार्फत वैदेशिक रोजगारीलाई रोक लगाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्ने नीति अबलम्बन गरेपनि ठिक त्यसको विपरित नेपाली कामदारहरु वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।

सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्ने नीति कागजमै मात्र सिमिति हुन पुग्दा नेपाली युवायुवती रोजगारीको खोजीमा विदेश पलायन हुनु परेको सम्बद्ध सरोकारावालाहरु बताउँछन् । केही समय अघिसम्म नेपाल बाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि सरकारले स्वदेशमै रोजगारीको नारा ल्याइरहँदा पछिल्लो समय त्यस्तो सख्या ह्वात्तै बढेको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको बैशाख महिनामा मात्रै ५६ हजारभन्दा बढि नेपाली युवायुवती रोजगारीका लागि विदेश पुगेका छन्

सो अबधिमा म्यानपावर कम्पनीमार्फत संस्थागत रुपमा ३० हजार २ सय ४० जना युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । यसैगरी पुन श्रम स्वीकृति लिएर जानेको संख्या २२ हजार ४ सय ७९ रहेको छ भने व्यक्तिगत रुपमा ८ सय ३९ जान नेपाली कामदार रोजगारीका लागि विदेशिएका छन् ।

यसैगरी वैधानिकरण गरी विदेश जानेको संख्या १ हजार ५ सय भन्दा बढि रहेको छ ।

अहिलेकै अवस्था रहिरहने हो भने आगामी दिनमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या अझै बढ्ने एक म्यानपावर व्यवसायीले बताए । ‘पछिल्लो समय श्रम बजारमा आउने नेपाली कामदारको संख्या ठूलो छ, तर रोजगारी सिर्जना घट्दै गएको छ,’ ती व्यवसायीले भने, ‘यहि अवस्था रहिरहने हो भने नेपाली कामदार आफ्नो रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जानुको विकल्प छैन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL