Logo

साना किसानले सहकारीबाट लिएको ऋण मिनाहा, उत्पादनको आधारमा कृषकलाई अनुदान

साना किसानले सहकारीबाट लिएको ऋण मिनाहा, उत्पादनको आधारमा कृषकलाई अनुदान



काठमाडौं । सरकारले साना किसानले साझा सहकारीबाट लिएको सम्पूर्ण ऋण मिनाहा गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत उक्त व्यवस्था गरेको हो ।

यसैगरी सरकारले कृषको लगाएको बालीको बिक्रीको सुनिश्चितता गर्न बाली लगानु पुर्वनै उक्त बालीको मुल्य निर्धारण गर्ने भएको छ ।
विशेषगरी सरकारले उखु लगायतको मुल्य रोप्नु पुर्ब नै तोक्ने भएको छ ।

यसैगरी सरकारले कृषकहरुलाई उत्पादनको आधारमा अनुदान उपलब्ध गराउने भएको छ । जुट, गलैँचा, जुत्ता, हस्ताकला जस्ता निर्यातजन्य उपजकालागि प्रोत्साहन प्रवद्र्धन गर्ने ब्यबस्था गरिएको छ ।

अबका दिनमा कृषकले मोबालइबाटै कृषिको वारेमा जानकारी पाउने भएका छन् यसैगरी महिलाले संचालन गर्ने सामुहिक परियोजनामा १५ लाख रुपैयाँसम्म ६ प्रतिशत ब्यजमा ऋण उपलब्ध गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL