Logo

नाईल वचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति, अध्यक्षमा पाठक

नाईल वचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति, अध्यक्षमा पाठक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नाईल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारण सभाले सात सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।

समितिको अध्यक्षमा निलमणी पाठक, उपाध्यक्षमा नबराज डल्लाकोटी,सचिवमा रोजेन्द्रप्रसाद पाठक, कोषध्यक्षयमा जयराम रिजाल,सदस्यमा रणबहादुर न्यौपाने,अम्मरबहादुर कुँवर दिनपेन्द्र केसी रहेका छन् ।

त्यसैगरी लेखा समिति सदस्यतर्फ संयोजक राममणी पाठक,हेमलाल डल्लाकोटी र बिधुर बस्नेत चयन भएका छन् । साधारण सभाको सांसद् सुरेन्द्रकुमार पाण्डेले उद्दघाटन गरेका थिए ।

सो अवसरमा उनले मुलुकलाई आर्थिक संमृद्धितिर लैजान राजनीतिक अध्यायको अन्त्य गरी विकासको अध्याएको सुरु गुर्नुपर्ने बताए ।
साथै सहकारीको प्रवद्र्धनले पनि अर्थिक विकासमा ठुलो टेवा पुग्ने जानकारी दिए ।

संस्थाका अध्यक्ष निलमणी पाठकले आफु सधै संस्था र सदस्यको हितको काम गर्न प्रतिवद्ध रहेको बताए ।

वार्षिक उत्सवको अवसरमा संस्थाले राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार शर्मिला पाठक, उत्तकृष्ट बचत कर्ता दिपेन्द्र श्रेष्ठ, असल ऋणी ठाकुरप्रसाद छत्कुली,संस्थाका उत्कृष्ट कर्मचारी सुन्दरमणी पाठक, जेष्ठ बचतकर्ता चनमती गौतम, संस्थाका बालबचतकर्ता एवम् यस वर्ष एस ई ई परिक्षा उत्रिण भएका मेघा डल्लाकोटी आयुष महर्जन सहीत दश जनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL