Logo

नाईल सहकारी सातौ बर्षमा प्रवेश, बार्षिकोत्सवको अबसरमा १ सयले गरे रक्तदान

नाईल सहकारी सातौ बर्षमा प्रवेश, बार्षिकोत्सवको अबसरमा १ सयले गरे रक्तदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वार्षिक उत्सवको अवसरमा नाईल वचत तथा ऋण सहकारी संस्थाले शनिवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रविभवनमा रहेको उक्त सहकारीले करिव सात वर्ष देखि आफ्रनो रहेक वार्षिक उत्सवको अवसरमा रक्तदानसहीत अन्य सामाजिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा करिव एक सय जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष निलमणी पाठकले जानकारी दिए ।

उनका अनुसार संस्थाले समय समयमा देशमा परको विपत्को समयमापनि सकेअनुरुप केही आर्थिक र लत्ता कपडाको समेत सहयोग गर्दै आएको छ ।

संस्थाले तीन वर्ष अघि सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई पनि करिव १ लाख आर्थिक सहयोग र केही लत्ता कपडा वितरण गरेको थियो । आगामाी दिनमा पनि संस्थाले सामाजिक कार्यमा हातहरु सक्रिय रुपमा निरन्तरता दिने छ । सुरुमा थोरै आर्थिक कारोबारमा सेवा सुरु गरेको संस्थाले हाल वार्षिक २० करोडको आर्थिक कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL