Logo

बर्षातले बाटो बिग्रदा गोरखामा लाखौंको तरकारी नष्ट

बर्षातले बाटो बिग्रदा गोरखामा लाखौंको तरकारी नष्ट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बर्षाका कारण सडक अबरुद्ध भएपछि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ मा लाखौँ मूल्य बराबरको तरकारी नष्ट गरिएको छ । बर्षातका कारण तरकारी स्टलसम्म गाडी जान नसकेपछि तरकारी नष्ट गर्नुपरेको स्थानीय गंगाबहादुर भुजेलले जानकारी दिए । ‘भारी बर्षाले गर्दा ग्राबेल गरिएको सडक भत्किएर तरकारी गाडी आउन सकेन,’ उनले भने, ‘त्यसले गर्दा किसानले उत्पादन गरेको तरकारी खेर गयो ।’

गण्डकी गाउँपालिका ७ र ८ नम्बर वडाका अधिकांशले तरकारी खेतीबाटै जीविकोपार्जन गर्दै आएका छन् । भुजेलका अनुसार ७ र ८ नम्बरका ४ ओटा तरकारी स्टलमा गरि करिव ६० क्विन्टल भिण्डीलगायत अन्य तरकारी नष्ट भएको छ ।

त्यस्तै तरकारीको मूल्य घटेसँगै व्यपारिले चासो नदिएकोले पनि तरकारी बारीमै नष्ट भएको स्थानीय विजय रुपाखेतीले जानकारी दिए । तरकारीको भाउ बढ्दा बारीमै जाने व्यापारी अहिले खेर जाँदा पनि वास्ता नगरी बसेको उनको आरोप छ । ‘काठमाडौं, नारायणघाट र पोखराजस्ता शहरको नजिक रहेर रहेर पनि किसानले खेती गरेको तरकारी खेर फाल्नुपरेको छ,’ उनले आक्रोस पोखे ।

केही बर्षअघिसम्म त्यहाँका किसानहरुले धादिङको चरौदी तथा ज्यामिरेघाटसम्म तरकारी बोकेर जाुनपर्ने बाध्यता थियो । बेनीघाटमा धादिङ र गोरखा जोड्ने पक्की पुल बनेसँगै किसानले घर नजिकैबाट तरकारी बिक्री गर्दैै आएका छन् ।

गण्डकी गाउँपालकिा वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बाटो ग्रावेल गरी ढुवानीको समस्या तत्काल समाधान गर्ने बताए । ‘गाउँपालिकाको बैठकमा हामीले यो विषय उठाएका थियौै,’ उनले भने, ‘अब छिटै भत्केका ठाउँमा ग्रावेल गर्ने निर्णय भएको छ ।’ साविकको घ्याल्चोकमा बन्दा, भिण्डी, काउली, लौकालगायत मौसमी तरकारी उत्पादन हुने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL