Logo

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ व्यवसायी, ५० जनाले सिके व्यवसायको सीप

एग्रिबिजनेस बुट क्याम्पबाट छानिए २५ व्यवसायी, ५० जनाले सिके व्यवसायको सीप


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । ‘एग्रिबिजनेश बुट क्याम्प २०१७’ मा ५० जना कृषि व्यवसायी छानिएका छन् । नेपाल आन्ट्रप्रेनर हब (एनइहव) ले साढे दुई महिना लामो छनौट प्रक्रियाबाट कृषि उत्पादनको व्यवसाय गर्दै आएका र यस क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रतिस्पर्धा गराएर छानेको हो ।
कृषिमा आधारित व्यवसायलाई बढावा दिन नेपालमा आयोजना गरिएको पहिलो बुट क्याम्पमा २५ व्यवसायका दुई जनाका दरले छानिएका हुन् ।
यस क्याम्पलाई विश्व बैंक, इन्फोडेभले सघाएको छ भने विजनेश अक्सिजन (विओटु) ले बुट क्याम्पमा साझेदारी गरिरहेको छ ।
बुट क्याम्पमा कृषिमा आधारित ब्यवसाय गर्दै आएका ती २५ वटा समुहले आफ्नो ब्यवसायिक योजनालाई उचाइमा पु¥याउने गरी तिखारेको आयोजकले जानकारी दिएको छ ।

यस प्रकारको कार्यक्रमले छानिएका कृषि उत्पादनमा आधारित व्ब्यवसायलाई दीगो बृद्धितर्फ लैजान सघाउने आयोजक एनइहबका सहसंस्थापक ब्रिजेन्दरोचन जोशीको विश्वास छ । बुट क्यम्पले विजनेश गर्ने नयाँ आइडिया भएका स्टार्टअपहरूलाई आफ्नो दिमागमा भएको व्यवसायलाई बजारसम्म पु¥याउन व्यवसायिक र आर्थिक योजना बनाउन मद्दत गर्ने उनले बताए ।

सो अबसरमा वल्र्ड बैंक इन्फोडेभका सुमन शाक्यले कृषिमा आधारित ब्यवसायलाई प्रबद्र्धन गर्न बुट क्याम्प आयोजना गरिएको जानकारी दिए ।
क्याम्प अबधिमा सहभागीले कृषिमा आधारित ब्यवसायलाई विकास र विस्तार गर्न ठोस दक्षता हासिल गरेको उनको भनाई थियो । सहभागीलाई औद्योगिक विज्ञहरूले आपूर्ती सप्लाई चेन, भ्यालु एडेड, बजारिकरण, कानुनी प्रक्रिया, विक्री, वितरण, लगानी, साझेदारीलगायतका विषयमा शिक्षा दिइएको थियो ।

इनइहबले दुई समुहमा विभाजन गरेर बुट क्याम्पका सहभागीलाई छानेको थियो । सुरुमा नयाँ आइडिया/स्टार्टअप र ब्यवसाय गरिरहेकाहरूसँग छुट्टाछुटै आवेदन माग गरिएको थियो । यसमा देशभरिबाट ३८३ स्टार्टअप र २५८ वटा ब्यवसाय गरिरहेका गरी ६४१ ब्यवसायीले आवेदन गरेका थिए । दुवै गरी प्रि जजिङ राउन्डबाट ६५ स्टार्टअप र ४६ ब्यवसाय गरिरहेकाहरु छानिए ।

तीमध्ये स्टार्टअपहरूलाई पहिलो पटक ‘स्टार्टअप विकेन्ड’ मा सहभागी गराइएको थियो । यसअघि आइटी क्षेत्रमा इनोभेटिभ आइडिया भएकाहरूलाई स्टार्टअफ विकेन्डमा सहभागी गराउने अन्तराष्ट्रिय प्रचलन थियो । यस्टार्टअप विकेन्डमा खासगरी सप्ताहान्तको शुक्रबार साँझदेखि आइतबार साँझसम्म ब्यवसायीले लगातार क्याम्पमा बसेर आफ्नो ब्यवसायीक योजनालाई तिखार्छन् ।

अप्रिल ७ देखि ९ तारिकसम्म भएको कार्यक्रममा ३३ सहभागीले आआफ्ना आइडिया पिच गरेका थिए । त्यसबाट १० वटा आइडिया छानिएका थिए । तीमध्येबाटै अन्तमा ५ वटा आइडिया बुटक्याम्पका लागि छानिए ।

अर्कोतर्फ चालु कृषि ब्यवसायमध्ये ‘स्पिड डेटिङ’ का माध्यमबाट ४६ मध्ये अप्रिल १ मा २० वटा ब्यवसाय छानिए । दुई समुहबाट छानिएका ५ स्टार्टअप र २० वटा चालु ब्यवसाय गरी २५ समुहलाई अप्रिल २१ देखि २७ सम्म भएको ‘एग्रिबिजनेश बुट क्याप्प’ मा सामेल गराइएको थियो ।
अन्तिममा छानिएकाहरूलाई मेन्टरसिप (प्रशिक्षण) कार्यक्रममा सहभागी गराइने एनइहवका जोशीले जानकारी दिए । यसरी छानिएकाहरूलाई उनीहरूको कृषिमा आधारित ब्यवसाय बृद्धिका लागि ‘तयार ब्यवसाय’ बनाउन समुहपिच्छे एक्लाएक्लै प्रशिक्षण दिइँदै छ ।

त्यसपछि ती ब्यवसायिक समुहलाई नेपाल एग्रिबिजनेश इन्नोभेसन सेन्टरलाई हस्तान्तरण गरिने छ । सेन्टरले व्यवसायलाई लगानी गर्नेहरूसँग सहजीकरण गर्ने, व्यवसाय विस्तार गर्न देखिएका चुनौतीहरूको समाधान गरिदिने, प्रशिक्षण र परामर्श दिनेलगायतका काम गर्ने छ ।

यसरी छानिएका उत्कृष्ट ब्यवसायमा चिया, कफी, केरा, अचार, मसला, मह, जडिबुटी, खाद्य प्रसोधन, नरिवलको पातबाट दुना टपरी बनाउनेलगायतका व्यवसाय छन् । कार्यक्रममा कंचनजंघा अर्गानिक अर्थोडक्स टी इन्डस्टीकी मिलनकुमारी खत्रीले एग्रिबिजनेस बुट क्याम्पले आफूहरुलाई ब्यवसाय विस्तार गर्न ठूलो ज्ञान दिएको बताइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL