Logo

मर्ज हुन थाले सहकारी, हातेमालो र जोर्लाईमाईबीच सैदान्तिक सहमति

मर्ज हुन थाले सहकारी, हातेमालो र जोर्लाईमाईबीच सैदान्तिक सहमति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक वित्तीय संस्थाको मर्जरसँगै सहकारी संस्था पनि मर्ज हुन थालेका छन् । एक आपसमा मर्जरमा जान हातेमालो हातेमालो बचत तथा ऋण सहकारी संस्था र जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीत सैदान्तिम सहमति जनाएका छन् ।

एक कार्यक्रमबीच हातेमालोका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको संयुक्त वैठकले आगामी उक्त सहमति गरेको हो । सहमति अनुसार १५ गतेसम्म एकीकृत कारोवार गर्ने जानकारी दिएको छ ।

सहकारी अभियानको आवश्यकता, गुणस्तरीय वित्तीय सेवा र जोखिम न्युनीकरणका लागि संस्था एकीकरणमा पवित्र भावनाका साथ अग्रसर भएको हातेमालो साकोसका अध्यक्ष कृष्ण पौडेलले बताए । त्यस्तै जोलाईमाई साकोसका अध्यक्ष तिलक रिमालले सदस्यहरुको हित र वित्तीय सेवा प्रभावकारी बनाउनका लागि आफुहरु एकीकरण प्रक्रियामा अघि बढेको जानकारी दिए ।

दुवै संस्थाहरुवीच एकीकरणलाई प्राविधिक ढंगले पुरा गर्नका लागि हातेमालो सहकारीका सञ्चालक दिपक भट्टको संयोजकत्वमा पांच सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा हातेमालोको तर्फबाट बरुण गौतम र महेश ढुंगेल एवम् जोर्लाइमाई साकोसको तर्फबाट केशवमाया अर्याल र चोलानाथ आचार्य रहेका छन ।

मर्ज पछि संस्थाको नाम हातेमालो बचत तथा ऋण सहकारी संस्था नै रहने छ । उक्त संस्थाको केन्द्रिय कार्यालय जोलाईमाई सहकारी रहेको स्थानमा रहनेछ । करिव २ हजार ३ सय सदस्यहरुवीच २१ करोडको कारोवार रहेको हातेमालो सहकारी र करीव २ सय सदस्यहरुवीच करीव ५० लाखको कारोवार रहेको छ । एकिकरण पश्चात संस्थाको चुक्ता पूँजी २२ करोड रुपैयाँ पुग्ने छ भने सदस्य संख्या २ हजार ५ सय पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL