Logo

हातेमालो सहकारीको त्रिबर्षीय रणनीतिक योजना सार्वजनिक, सदस्य ३ हजार ४ सय पुर्याइने

हातेमालो सहकारीको त्रिबर्षीय रणनीतिक योजना सार्वजनिक, सदस्य ३ हजार ४ सय पुर्याइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको दोस्रो त्रिवर्षीय रणनीतिक योजनाको तेस्रो समिक्षा गोष्ठी सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा संस्थाको रणनीतिक योजना संशोधन प्रस्ताव राख्दै अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक कृष्ण पौडेल यस आर्थिक वर्षमा संस्थामा ३ हजार ४ सय सदस्यहरुवीच कारोवार ३० करोड पु¥याउने बताए ।

त्यस्तै संस्थालाई भरपर्दो सहकारी संस्थाको रुपमा विकास गर्ने, सरल कर्जा तथा बचत सुविधामार्फत सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र आर्थिक रुपान्तरण एवम् सामाजिक एकताको लागि जिम्मेवारीका साथ क्रियाशिल हुने जानकारी दिए ।

सो अवसरमा अध्यक्ष पौडेलले गत वर्षको लक्ष्य र प्रगति विवरण प्रस्तुत गरेका थिए । गत वर्ष ६ महिना लामो हडताल र नाकाबन्दीका वावजुद संस्थाले आफनो कारोवार २१ करोड पुर्याएको छ । खुद बचत ८१ लाख गरी शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलले सहकारीहरुले कारोवार विस्तारसंगै सुशासन र उत्पादनमा योगदानलाई प्राथमिकता दिनुपर्ने जानकारी दिए ।

नौ वर्षअघि स्थापित हातेमालोले अहिले २ हजार ३ सय सदस्यहरुवीच २१ करोडको कारोवार गरिरहेको छ । संस्थाको नवौं वार्षिक साधारणसभा आगामी असोज १५ गते शनिवार हुने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL