Logo

कृषि बैज्ञानिकहरुको कार्यशाला शुरु, गुहँमा लाग्ने रोगबारे छलफल

कृषि बैज्ञानिकहरुको कार्यशाला शुरु, गुहँमा लाग्ने रोगबारे छलफल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३ चैत, काठमाडौं । काठमाडौंमा कृषि बैज्ञानिकहरुको कार्यशाला शुरु भएको छ । दक्षिण एसियाका नया“ पुस्ताका कृषि बैज्ञानिकहरुलाई लक्षित गरी आयोजना गरिएको ‘२०१५ सार्क सर्वेलियन ट्रेनिङ वर्कसप’ सोमबारदेखि राजधानीमा सुरु भएको हो ।

गहुमा लाग्ने सिंदुरे रोग अनुगमन र व्यवस्थापनसम्वन्धी विस्तृत तालिम तथा कार्यशालाले
दक्षिण एसियाका नया“ पुस्ताका वैज्ञानिकलाई गह“ुमा लाग्ने सिंदुरे रोगको जोखिम व्यवस्थापन
गर्न आवश्यक प्राविधिक साधान र ज्ञानबारे जानकारी उपलब्ध गराउने आयोजकले जनाएका
छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ले अमेरिकाको कोर्नेल युनिभर्सिटीअन्तरगत ड्युरेवल रष्ट
रेसिस्टेन्स इन ह्विट (डिआरआरडब्लु परियोजना र भारतको सत्गुरु म्यानेजमेन्ट
कन्सल्टेन्ट्ससग मिलेर आयोजना गरेको यो तालिम तथा कार्याशाला चैत ७ सम्म चल्नेछ ।
‘सन् १९९८ मा युगाण्डबाट पुनः देखा परेको सिंदुरे रोग विश्व गहुबालीका लागि ठूलो चुनौति
बनेको छ’, डिआरआरडब्लु परियोजनाका एसोसिएट डिरेक्टर गोर्डन सिजरले भने, ‘युजी ९९
भनिने रोग र यसका जातहरुमा त्यस्ता विशेष घातकपना पाइन्छ, जसलाई प्रतिरोध गर्ने क्षमता
विश्वमा प्रचलित धेरैजसो गुहका जातमा छैन ।’ यस्तो रोगको महामारी फैलदा विश्व
खाद्य सुरक्षामा ठूलो खतरा पुग्ने समेत उनको भनाइ थियो ।

दक्षिण एसियामा हुन सक्ने यसको जोखिमबारे अन्तर्राष्ट्रिय चासो स्वरुप काठमाडौंमा सञ्चालित
यो कोर्समा भाग लिन भारत, पाकिस्तान, बंगलादेश, भुटान, इथियोपिया, अष्ट्रेलिया, दक्षिण
अफ्रिका, मेक्सिको र अमेरिकालगायत मुलुकबाट सहभागिता छ । दक्षिण एसियामा गहुमा लाग्ने
सिन्दुरे रोगको जोखिमसग जुध्न अन्तरसम्वन्धित वैज्ञानिक क्षमतालाई बढाउन सहयोग पु¥याउने
हेतुले संचालन भएको यो पाचौं तालिम तथा कार्यशाला श्रृखंला हो ।

गहु“ नेपाललगायत अधिकांश दक्ष्ँिण एसियाको महत्वपूर्ण खाद्यान्न बाली हो । नेपालमा पछिल्ला
दशकहरुमा सुधारिएको जात र आधुनिक प्रविधिसगै गह“ुबालीको उत्पादन र क्षेत्रफल दुबै बढेको
छ । नेपालमा सन् १९६५÷६६ मा करिब १ लाख हेक्टरमा गहु खेती गरी करिब १ लाख १२
हजार मेट्रिक टन उत्पादन गरिएको थियो । आव २०१३÷१४ मा करिव ७ लाख ७४ हजार
हेक्टरमा गहु खेती भएको छ । सोही आवमा उत्पादन करिव १८ लाख ८३ हजार मेट्रिक टन
उत्पादन भएको छ ।

सहभागीहरुलाई सिन्दुरे रोग, त्यसको जीवाणु, निगरानी, स्थलगत र प्रयोगशालासम्वन्धी विधि,
बाली प्रजनन र तथ्यांकहरुबारे अवगत गराइनेछ । आधुनिक सुचना प्रविधिको माध्यमबाट
अन्तर्राष्ट्रिय निगरानी (सर्वेलियन्स) को तथ्यांक अद्यावधिक गर्नेबारे पनि सिकाइनेछ । त्यसका
लागि सत्गुरुले तयार गरेको रष्ट सर्वेक्षण एप्लिकेसन ‘सार्क टुलबक्स’ को स्थलगत रुपमा
प्रदर्शन पनि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL