Logo

सुजल डेरी र लक्ष्मी बैंकको युवा कृषि कर्जा कार्यक्रम, शुरुमा ४ जिल्लाका लागू गरिने

सुजल डेरी र लक्ष्मी बैंकको युवा कृषि कर्जा कार्यक्रम, शुरुमा ४ जिल्लाका लागू गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । सुजल डेरी र लक्ष्मी बैंकले संयुक्त रुपमा युवा कृषि कर्जा कार्यक्रम शुरु गरेका छन् । सुजल डेरीको सफल अभियान ‘दुध उत्पादन, समृद्धिको लागि’ कार्यक्रम एवं लक्ष्मी बैंकको माइक्रो फाइनान्स कार्यक्रम अन्तर्गत सो कार्यक्रम लागु गरिएको हो ।

सो ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याउने सुजल डेरीले जनाएको छ । सहरबाट गाउँमा रकम प्रवाह गर्ने शसक्त माध्यम दुध व्यवसाय भएको समेत सुजलको भनाइ छ ।

सो युवा कृषि कर्जा तनहुँ, नवलपरासी, चितवन र रुपन्देही जिल्लमा लागू गरिने छ । कृषि कर्जाले साना किसान, दुग्ध सहकारी एवं सम्पूर्ण सरोकारवालाहरुलाई फाइदा पुर्याउने सुजलले जनाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत स्थानीय स्तरका दुग्ध सहकारी संस्थासँग सम्वद्ध साना किसानलाई गाई, भैंसी खरीद गर्न लक्ष्मी बैंकले कर्जा प्रवाह गर्नेछ । सुजल डेरीले आवश्यक दुध आपूतिर्को लागि कषकसँगको सहकार्यमा दूध उत्पादनमा सहयोग गर्ने छ । उक्त कार्यक्रम अन्तरगत कृषिकलाई ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL