Logo

सहकारी मन्त्री थानी भन्छन्, ‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

सहकारी मन्त्री थानी भन्छन्, ‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।
राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे ।

सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउ“दै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे । ‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउदैंछौं,’ उनले भने, ‘यसले धेरै समस्या हल गर्नेछ ।’
त्यस्तै, मन्त्री थानीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउ“दै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरे । सहकारी मैत्री नै ऐन आउछ मन्त्री थानीले भने तर कस्लाई कुन दफा परिर्वतन गर्नु पर्छ त्यो संभव छैन ।

कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले,सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउ“दै सहकारीलाई व्यवस्थित गर्न सरोकावाला विच एकरुपताको खा“चो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउ“दै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । ‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ,’ उनले भने, ‘यसलाई सहकारीको माध्यमबाट उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक छ ।’

यस्तै, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशिलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । ‘सहकारीको गतिशिलतालाई राज्यले अझै बुझ्न सकेको छैन्,’ उनले भने, ‘यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’ कार्यक्रममा केन्द्रिय स्वास्थ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए ।

सहकारीले अझै पनि वैदेशिक क्रृण लिन सक्ने अवस्था नरहेको बताउँदै  पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे । यस्तै,राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोज कुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अर्बौं पैसालाई परिचालन गर्न जरुरी रहेको बताए ।

विभागको आयोजना गरिएको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा राष्ट्रिय सहकारी संघ,विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक लगायतले आ–आङ्खना कार्यपत्र प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL