Logo

२ अंकले घट्यो सेयर बजार, साढे ९५ करोडको कारोवार

२ अंकले घट्यो सेयर बजार, साढे ९५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक २ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय ७० अंकमा झरेर बन्द भएको छ ।

बुधवार बैंकिङ, होटल र उत्पादन समुहको परिसुचक घट्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन ३०, होटल १५ दशमलव ८४ बैंकिङ समुह ७ दशमलव ९ अंकले घटेको छ ।

यता विकास बैंक,जलविद्युत, वीमा ६ र अन्य २ दशमलव ८९ अंकले उकालो लागेको छ ।

बुधवार १ सय ४५ कम्पनी कारोवारमा आएका थिए । सो दिन १४ लाख कित्ता सेयरबाट ९५ करोड ५१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL